ओनसरीले भनिन्- दुई वर्षमा जोरपाटी–साँखु सडक स्तरोन्नति गर्न सकिनँ भने राजीनामा गर्छु
आज (आइतबार) वाम–लोकतान्त्रिक गठबन्धनले काठमाडौं–२ मा आयोजना गरेको निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा उनले आफू पाँच वर्ष काठमाडौंको जनताप्रति समर्पित रहने बताउँदै उनले दुई वर्षभित्रमा जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गराउन नसके आफूले पदबाट राजीनामा दिने पनि बताएकी हुन्।
काठमाडाैं, असाेज ३० : सत्ता गठबन्धनका तर्फबाट काठमाडौं–२ मा प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवार रहेकी ओनसरी घर्ती मगरले जोरपाटी–साँखु सडक दुई वर्षमा स्तरोन्नतिको कार्य सम्पन्न गर्न नसके राजीनामा दिने घोषणा गरेकी छन्।
आज (आइतबार) वाम–लोकतान्त्रिक गठबन्धनले काठमाडौं–२ मा आयोजना गरेको निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा उनले आफू पाँच वर्ष काठमाडौंको जनताप्रति समर्पित रहने बताउँदै उनले दुई वर्षभित्रमा जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गराउन नसके आफूले पदबाट राजीनामा दिने पनि बताएकी हुन्।
‘जोरपाटी–साँखु सडको स्तरोन्नति तथा सम्पन्न गराउने काम जसरी ढिलाइ भएको छ,’ उनले भनिन्, ‘म घोषणा गर्छु, आगामी दुई वर्षमा त्यो कार्य मैले सम्पन्न गर्न सकिनँ भने राजीनामा गर्छु।’
साँखु बजार र साली नदीको पर्यटकीय स्थलका रुपमा विकास गर्ने, जर्सिङ पौवालाई संग्राहालयका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले दक्षिणढोका, मूलपानीलगायत क्षेत्रमा हुने डुबान समस्या समाधानका लागि योजना बनाएर काम गर्ने घोषणा पनि उनले गरिन्।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)