Kathmandu Press

मेटमणिलाई निर्वाचन आयोगकाे प्रश्न– तपाईंले १३ लाखको चामल बाँडेको हाे ?

निर्वाचन आचारसंहिता विपरित दाङका चार पालिकामा १३ लाख मूल्यबराबरको चामल वितरण गरेको भन्दै आयोगले उनलाई २४ घन्टे स्पष्टिकरण सोधेको हो । 
मेटमणिलाई निर्वाचन आयोगकाे प्रश्न– तपाईंले १३ लाखको चामल बाँडेको हाे ?

काठमाडौं, असोज ३० : सहरी विकास मन्त्री मेटमणी चौधरीलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरित दाङका चार पालिकामा १३ लाख मूल्यबराबरको चामल वितरण गरेको भन्दै आयोगले उनलाई २४ घन्टे स्पष्टिकरण सोधेको हो । 

चौधरीलाई आयोगले सोधेको स्पष्टिकरण ‘बाढीपिडितका नाममा चामल वितरण गर्ने कार्यले आचारसंहित उल्लंघन हुँदैन भनि पुष्ट्याईँ गर्ने आधार के छ ?’ भनि प्रश्न गरिएको छ ।  

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा छ को व्यवस्था बमोजिम ‘आयोगको पूर्वस्वीकृति लिई त्यस्ता कार्यक्रम सञ्चालन गर्न बाधा पर्ने छैन’ भन्ने व्यवस्था रहेको भन्दै आयोगले ‘तपाईंले सो व्यवस्था बमोजिम आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरण गर्ने कार्य गर्दा निर्वाचन आयोगको कुनै पूर्व सहमति प्राप्त गर्नुभएको छ, छैन ?’ पत्रमा भनिएको छ । 

आयोगको सहमति बेगर चामल वितरण कार्यक्रम गरेको भए निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० बमोजिम किन जरिबाना गर्नु नपर्ने हो ? २४ घण्टाभित्र जवाफ पेश गर्न आयोगले मन्त्री चौधरीलाई निर्देशन दिएको छ ।

No photo description available.

प्रकाशित मिति: १७:३४ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्