डेंगीबाट थप एकजनाको मृत्यु, संक्रमितको संख्या ४० हजार नाघ्याे
साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
काठमाडौं, असार ३० : ७७ वटै जिल्लामा फैलिएको डेंगी रोगबाट आइतबार थप एकजनाको मृत्यु भएको छ।
योसँगै साउनयता डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाको तथ्यांकअनुसार यसबीचमा संक्रमितको संख्या ४० हजार २९ पुगेको छ। जसअनुसार सबैभन्दा धेरै काठमाडौंमा १२ हजार २५२ जनामा संक्रमण देखिएको छ।
ललितपुरमा ८ हजार ७१४ र भक्तपुरमा २ हजार ७३० गरी उपत्यकामा डेंगी संक्रमितको संख्या २३ हजार ६९६ पुगेको छ भने उपत्यकाबाहिर पनि स्थिति भयावह छ।
मकवानपुरमा ४ हजार ५०, दाङमा २ हजार पाँच, चितवनमा १ हजार ४६०, रुपन्देहीमा १ हजार १७५ तथा धादिङमा ६८३ जनामा संक्रमण देखिएको महाशाखाको तथ्यांकमा उल्लेृख छ। यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या २०० देखि ५०० जनासम्म रहेको छ।
महाशाखाको तथ्यांकमा आइनपुगेका संक्रमितको संख्या समुदायस्तरमा अझै ५ गुणा बढी हुन सक्ने विज्ञहरुको अनुमान छ।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










