दाङको तुलसीपुरमा एकै खाडलमा पुरिएको अवस्थामा किशोरकिशोरीकाे शव फेला
तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँको जंगलमा स्थानीय १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
दाङ, असोज ३० : दाङको तुलसीपुरमा एकै खाडलमा पुरिएको अवस्थामा किशोरकिशोरी शव फेला परेको छ।
तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँको जंगलमा स्थानीय १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
प्रहरीका अनुसार उनीहरु तीन दिन हराइरएका थिए। असोज २७ गते साँझबाट हराइरहेका उनीहरुको शव आज (आइतबार) एकै खाडलमा गाडिएको अवस्थामा फेला परेको हो।
घटना शंकास्पद भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।
प्रकाशित मिति: १७:१४ बजे, आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)