प्रतिगमनविरुद्ध गठबन्धन बनेका कारण मुलुक सही ढंगले अघि बढेको छ : नेपाल
आज (आइतबार) वाम–लोकतान्त्रिक गठबन्धनले काठमाडौं–२ मा आयोजना गरेको निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा उनले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारूढ गठबन्धनले देशलाई ठूलो दुर्घटनाबाट जोगाएको दाबी गरेका हुन्।
काठमाडौं, असोज ३० : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनविरुद्ध गठबन्धन एक भएर अघि बढेका कारण मुलुक सही ढंगले अघि बढेको दाबी गरे।
आज (आइतबार) वाम–लोकतान्त्रिक गठबन्धनले काठमाडौं–२ मा आयोजना गरेको निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा उनले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारूढ गठबन्धनले देशलाई ठूलो दुर्घटनाबाट जोगाएको दाबी गरेका हुन्।
‘गठबन्धन दललाई तपाईँहरूले विजयी गराउनुपर्दछ। हामीले देशलाई निकै ठूलो दुर्घटनाबाट बचाएका छौंं। संविधान नै धरापमा परिसकेको थियो । लोकतन्त्र नै धरापमा पर्ने अवस्था भइसकेको थियो,’ उनले भने, ‘पटक–पटक धरापमा परेको संविधानलाई जोगाउने कुरामा यो वाम लोकतान्त्रिक गठबन्धनले महत्त्वपूर्ण भूमिका खेल्यो ।
जनताको अधिकारको पक्षमा रहेको संविधानले अघि सारेका मान्यताहरुलाई व्यहारमा उतार्न गठबन्धन आवश्यकता रहेको पनि उनको भनाइ थियो।
गठबन्धनको भविष्य उज्जवल रहेको बताउँदै उनले भने, ‘गठबन्धनमा रहेका महत्त्वपूर्ण नेताहरू र पार्टी भइसकेपछि हल गर्न नसकिने केही पनि छैन । त्यस कारण तपाईँहरू उहाँसँग विश्वस्त भए हुन्छ। सँगसँगै केन्द्रबाट, मन्त्रिपरिषदबाट अनेक खालका कानुनी अवरोध आउलान्, त्यसलाई हल गर्नका लागि पनि हाम्रो वर्तमान प्रधानमन्त्री त छँदै हुनुहुन्छ। भविष्यका प्रधानमन्त्रीहरू पनि यही छन् भन्ने पनि सबैले बुझ्नुपर्छ।’
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










