Kathmandu Press

कांग्रेसले हँसिया हथौडा र माओवादीले रूखमा भाेट हाल्न हिच्किचाउनुहुन्न : प्रचण्ड

आज (आइतबार) वाम–लोकतान्त्रिक गठबन्धनले काठमाडौं–२ मा आयोजना गरेको निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा प्रचण्डले विकास निर्माण र समृद्धि नै अबको मुख्य एजेन्डा हुने जिकिर गरे।
कांग्रेसले हँसिया हथौडा र माओवादीले रूखमा भाेट हाल्न हिच्किचाउनुहुन्न : प्रचण्ड

काठमाडाैं, असाेज ३० : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा स्थिरता र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको बताएका छन्।

आज (आइतबार) वाम–लोकतान्त्रिक गठबन्धनले काठमाडौं–२ मा आयोजना गरेको निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा प्रचण्डले विकास निर्माण र समृद्धि नै अबको मुख्य एजेन्डा हुने जिकिर गरे।

गठबन्धन दलमा रहेकाले एकअर्कालाई स्विकारिसकेका बताउँदै उनले कांग्रेस र माओवादीले एकअर्कालाई भोट हाल्न पनि संकोच गर्न नहुनेमा जाेड दिए।

कांग्रेसको रुख चिह्न र माओवादीको हँसिया हथौडालाई धेरै पहिलादेखि एक बनाइसकेको दाबी गर्दै उनले भने, ‘निर्वाचन चिह्नको विषयलाई लिएर आग्रह पूर्वाग्रह नराख्न दुवै पार्टीका नेतारकार्यकर्तालाई अनुरोध गर्दछु।’

प्रचण्डले २०४६ सालको आन्दोलनलाई संयुक्त गरेर कम्युनिस्ट पार्टी र कांग्रेसको झण्डालाई सँगसँगै राखेर आन्दोलनको आँधीहुरी चलाएको स्मरण पनि गरे।

शान्ति सम्झौतामा सात राजनीतिक दलका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको बताउँदै उनले भने, ‘हँसिया हथौडाले रुखमा कसरी भोट हाल्ने र रुखले हँसिया हथौडामा कसरी भोट हाल्ने? यस्ता कुरा यदाकदा सुनिन्छन् तर हामीले धेरै पहिलेदेखि हँसिया हथौडा र रुखलाई एक बनाइसकेका छौं।’

प्रकाशित मिति: १६:४६ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्