प्रतिगमनको खतरा अझै रहेकाले सबै पार्टी एक हुनु जरुरी : प्रधानमन्त्री देउवा
आइतबार काठमाडौंमा आयोजित काठमाडौं–२ का प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘प्रतिगमनको खतरा अझै छ, त्यसैले सबै मिल्नुको विकल्प छैन।’
काठमाडौं, असोज ३० : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिगमनको खतरा अझै रहेकाले राजनीतिक स्थायित्वका लागि सबै पार्टी एक हुनु जरुरी रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित काठमाडौं–२ का प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘प्रतिगमनको खतरा अझै छ, त्यसैले सबै मिल्नुको विकल्प छैन।’
उनले निर्वाचनमा कुनै एक पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले गठबन्धन बनाउनुपरेको जिकिर पनि गरे। ‘कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ। त्यसैले गठबन्धन मिलाएर लानुपर्ने आवश्यकता छ। यो एउटा संस्कृतिको विकास भएको छ।’ उनले गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्नुपर्नेमा समेत जोड दिए।
उनेल मिलेर चुनाव लड्ने, लोकतन्त्रको सुदृढीकरण गर्ने र सबै मिलेर गरिबी हटाउने मौका आएको बताए। ‘यो हाम्रा लागि ठूलो मौकासँगसँगै चुनौती पनि हो,’ उनले भने, ‘त्यसैले चुनौतीको सामना गर्दै मौकाको सदुपयोग गरेर हामीले नेपाललाई सच्चा मानेमा गणतन्त्रात्मक, लोकतन्त्रवादी शासन व्यवस्थालाई सुदृढ गर्नुछ।’
अहिलेको संविधान अत्यन्त समावेशी र त्यसमा सबै नेपालीहरु अटाउने ठाउँ रहेको बताए।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










