Kathmandu Press

महिला क्रिकेटमा एपिएफ अपराजित रहँदै सेमिफाइनलमा

महिला क्रिकेटमा एपिएफ अपराजित रहँदै सेमिफाइनलमा

कास्की, असाेज ३० : नवौं राष्ट्रिय खेलकद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रहँदै सेमिफाइनल पुगेको छ।

पोखरामा आइतबार भएको खेलमा यस अघि नै सेमिफाईनल पुगेको नेपाल एपीएफ क्लबले आफ्नो चौथो खेलमा सुदुरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको हो। सुदुरपश्चिमले दिएको ९३ रनको लक्ष्य पछ्याएको एपीएफले १६ औं ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्यो।

एपीएफको जितमा इन्दु बर्माले ४५ बनाइन्। ज्योती पाण्डेले ११ रन जोड्दा रोमा थापाले अविजित ११ रन बनाइन्। पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो। जितसँगै एपीएफ ४ खेलमा ८ अंक जोड्दै समूह ’ए’ बाट समूह बिजेताको रुपमा सेमिफाईनल प्रवेश गरेको छ। सुदुरपश्चिम भने ४ खेलमा २ अंकका साथ चौथो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ।

त्यस्तै प्रतियोगितामा बागमती प्रदेशले समूह ’ए’ को उपबिजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरामा रंगशालामा आइतबार भएको खेलमा मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै बागमतीले सेमिफाइनलमा स्थान बनाएको हो।

मधेस प्रदेशले दिएको ५५ रनको लक्ष्य बागमती प्रदेशले १३ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्यो। बागमतीको जितमा सुमन खतिवडाले अविजित १७ तथा अनिशा मजाकोटीले अविजित १६ रन बनाईन्। अस्मिता खरेलले १३ रन जोड्दा कंचन श्रेष्ठले ५ रन बनाइन्।

त्यस अघि पहिले ब्याटिङ गरेको मधेसले १८ दशमलव २ ओभरमा अलआउट हुदै ५४ रन बनायो। समूह ’ए’ मा रहेको बागमती ४ खेलमा ६ अंकका साथ उपबिजेताका रुपमा सेमिफाइनल पुगेको हो। मधेस भने ४ खेलमा ४ अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ। महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ।

प्रकाशित मिति: १६:१३ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्