देशैभरका प्याराग्लाइडिङ उडान बन्द गर्ने प्राधिकरणको निर्णय
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ तर्फका खेलाडीको मृत्यु भएपछि देशैभरिका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको छ ।
काठमाडौं, असोज ३० : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ तर्फका खेलाडीको मृत्यु भएपछि देशैभरिका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको छ ।
नागरिक उड्डयन प्राधिकरणले आइतबारदेखि देशभरका प्याराग्लाइडिङ बन्द गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले खेललाई व्यवस्थित बनाउन तत्कालका लागि बन्द गरिएको जानकारी दिएका छन्।
आइतबार बिहान पोखराको सारङकोटमा शुरु भएको प्याराग्लाइडिङ प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङमा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट जमिनमा खस्दा एक खेलाडीको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापा रहेका छन्।
प्रकाशित मिति: १५:२२ बजे, आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










