माल्टामा नेपालीहरुबीच फुटबल हुने
अक्टोबर २३ मा आयोजना हुने प्रतियोगिता सेभेन ए साइडको हुने छ। प्रतियोगितामा सहभागीताका लागि आयोजक एनएमएसएस क्लब आव्हान गरेको छ।
काठमाडाैं, असाेज ३० : युरोपियन मुलुक माल्टामा रहेका नेपालीहरू फुबटल प्रतियोगिता हुने भएको छ। नेपालीहरुको महान तिहार र छठको अवसर पारेर प्रतियोगिता एनएमएसएस क्लबले आयोजना गर्न लागेको हो ।
अक्टोबर २३ मा आयोजना हुने प्रतियोगिता सेभेन ए साइडको हुने छ। प्रतियोगितामा सहभागीताका लागि आयोजक एनएमएसएस क्लब आव्हान गरेको छ।
प्रतियोगितामा सहभागीताका १९ अक्टोवरभित्र ३ सय युरो तिरेर टिम दर्ता गर्न सकिने प्रतियोगिताका व्यवस्थापक सञ्जिब पौडेलले जनकारी दिए । खेलाडी माल्टामा बसोबास गर्ने नेपाली नै हुनुपर्ने छ।
माल्टामा रहेका नेपालीहरुबीच भाइराचार अभिवृद्धिका लागि आयोजना गरिएको प्रतियोगिताको विजेताले ट्रफीसहित १ हजार ५ सय युरो, उपविजेताले ट्रफीसहित ७ सय ५० युरो पाउने छ।
यस्तै, उत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीलाई प्रमाणपत्र दिइने पौडेलले बताए ।

प्रकाशित मिति: १४:५७ बजे, आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











