नवौं राष्ट्रिय खेलकुद : खेलाडीको मृत्यु भएपछि प्याराग्लाइडिङ खेल स्थगित

काठमाडौं, असोज ३० : नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको प्याराग्लाइडिङ खेल स्थगित भएको छ ।
आइतबारको प्याराग्लाइडिङ प्रतियोगिताको क्रममा खेलाडीको मृत्यु भएपछि खेल अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग ग्लाइडिङ संघका अध्यक्ष शैलेन्द्र राउतका अनुसार खेलाडीको मृत्यु भएपछि राष्ट्रिय खेलकुद परिषद्को निर्देशानुसार खेल स्थगित गरिएको हो ।
आइतबार बिहान पोखराको सारङकोटमा शुरु भएको प्याराग्लाइडिङ प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङमा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट जमिनमा खस्दा एक खेलाडीको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापा रहेका छन्।
प्रकाशित मिति: १४:५० बजे, आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










