सत्यमोहनको निधनप्रति शोक व्यक्त गर्दै सरकारले एक दिन सार्वजनिक बिदा दिने
आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने बताएका हुन्।
काठमाडौं, असोज ३० : वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने भएको छ।
आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने बताएका हुन्।
त्यसबारे सरकारले औपचारिक निर्णय भने गरिसकेको छैन। सञ्चारकर्मीसँगको कुराकानीका क्रममा मन्त्री श्रेष्ठले आफूले एक दिन बिदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको जानकारी दिए। उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग समन्वय गरेर मन्त्रालयबाट बिदाका लागि प्रस्ताव तयार पारिसकेको बताए।
मन्त्री श्रेष्ठ सरकारको तर्फबाट शोकको रुपमा एक दिन राष्ट्रिय बिदाकाे निर्णयबारे आधिकारिक सूचना सरकारी माध्यमबाट आउने पनि उनले बताए। बिदा यही दिन नै दिने भनेर पनि कुनै जानकारी आएको छैन।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)