नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ दुर्घटनामा त्रिभुवन आर्मीका खेलाडीको मृत्यु

काठमाडौं, असोज ३० : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरानमा प्याराग्लाइडिङ तर्फ एक खेलाडीको मृत्यु भएको छ ।
सारङकोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा त्रिभुवन आर्मी क्लबबाट भाग लिएका निसिम थापाको मृत्यु भएको हो । आइतबार बिहान साढे ११ बजे थापा सवार प्याराग्लाइडिङ १०० मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइते भएका थापालाई उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्याइएपनि चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेको थियो ।
प्रकाशित मिति: १४:११ बजे, आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










