Kathmandu Press

प्रधानमन्त्री देउवाद्वारा सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण

आइतबार प्रधानमन्त्री देउवा ललितपुर महानगरपालिका परिसरमा पुगेर जोशीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्।
प्रधानमन्त्री देउवाद्वारा सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण

काठमाडाैं, असाेज ३० : प्रधानमन्त्री शेरबहादुर देउवाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

आइतबार प्रधानमन्त्री देउवा ललितपुर महानगरपालिका परिसरमा पुगेर जोशीको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, निवर्तमान समाभुख अग्नी सापकोटा, संस्कृति पर्यटन मन्त्री जीवनराम श्रेष्ठ लगाएत ललितपुर महानगरपालिकामा पुगेर जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

त्यस्तै शुभेच्छुक लगाएत सर्वसाधारणले पनि जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। जोशीको उपचारका क्रममा आइतबार बिहान किस्ट मेडिकल कलेजमा निधन भएको थियो। 

प्रकाशित मिति: १४:०२ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्