जोशीको निधनले बितेको शताब्दीसँग साक्षात्कार गर्ने अवसर गुमेको छ : ओली

काठमाडौं, असोज ३० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदन प्रकट गरेका छन् ।
अध्यक्ष अोलीले जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको बताएका छन् । ‘अलविदा शताब्दी पुरुष । हार्दिक श्रद्धासुमन,’ अोलीले लेखेका छन्।
२४ दिनदेखि ललितपुुरको किष्ट अस्पतालमा उपचाररत जोशीको आज बिहान दुःखद निधन भएको हो । उनको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत थुप्रै राजनीतिज्ञ र विशिष्ट व्यक्तिहरुले दुःख व्यक्त गरेका छन्।
प्रकाशित मिति: ११:३२ बजे, आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










