Kathmandu Press

अन्तिम श्रद्धाञ्जीका लागि जोशीको पार्थिव शरीर ललितपुर महानगर परिसरमा राखिने

अन्तिम श्रद्धाञ्जीका लागि जोशीको पार्थिव शरीर ललितपुर महानगर परिसरमा राखिने

काठमाडौं, असोज ३० : वाङ्मयी शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा राखिने भएको छ । 

महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार सर्वसाधारणले श्रद्धाञ्जली दिन जोशीको पार्थिव शरीर केहीबेरपछि महानगरपालिकाको परिसरमा ल्याइने छ । अहिले उनको पार्थिव शरीर ललितपुरको किष्ट अस्पतालमै राखिएको छ । सर्वसाधारणले श्रद्धाञ्जली दिन दिउँसो ४ बजेसम्म उनको शव महानगरपालिकाको परिसरमा राखिने छ।  

अन्तिम श्रद्धाञ्जलीपछि जोशीको पार्थिव शरीर पुनः अस्पतालले लैजाने छ । जोशीकै इच्छाअनुसार उनको शरीर नजलाइने भएको छ। जोशीले किष्ट अस्पताललाई आफ्नो शरीर दान गर्ने घोषणा गरेअनुसार अस्पतालले उनको शरीर अध्ययनका लागि राख्ने छ । 

किष्ट अस्पतालका प्रोफेस डाक्टर किशोर सिंह बस्नेतले जोशीको शरीरमा नगल्ने केमिकल प्रयोग गरी अस्पतालमा राखिने जानकारी दिए। 

२४ दिनदेखि किष्ट अस्पतालमा उपचाररत जोशीको आज बिहान सवा ९ बजे निधन भएको थियो । उनको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीसहित देशका उच्च पदस्थ व्यक्तिहरुले दुख व्यक्त गरेका छन् । 

प्रकाशित मिति: ११:१४ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्