Kathmandu Press

जोशीको निधनबाट मुलुकले अथक स्रष्टा र अभिभावक गुमायो : राष्ट्रपति

जोशीको निधनबाट मुलुकले अथक स्रष्टा र अभिभावक गुमायो : राष्ट्रपति

काठमाडौं, असोज ३० : राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेकी छन् । 

सामाजिक सञ्जालमार्फत जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राष्ट्रपति भण्डारीले उनको निधनबाट मुलुकले एक अथक स्रष्टा र अभिभावक गुमाएको पीडावोध भएको बताएकी छन् ।

‘उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो,’ राष्ट्रपति भण्डारीले लेखेकी छन्। 

ललितपुरको किस्ट अस्पतालमा उपचाररत जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । 

 

प्रकाशित मिति: १०:५४ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्