Kathmandu Press

सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने, अध्ययनका लागि किष्ट अस्पतालमै राखिने 

जोशीकै इच्छाअनुसार उनको शरीर अध्ययनका लागि अस्पतालमा राखिने किष्ट अस्पतालका प्रोफेस डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए ।
सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने, अध्ययनका लागि किष्ट अस्पतालमै राखिने 

काठमाडौं, असोज ३० : शताब्दी पुरुष सत्यमोशन जोशीको पार्थिव शरीर नजलाइने भएको छ । जोशीले आफ्नो शरीर किष्ट अस्पताललाई दान गर्ने अगाडिकै घोषणाअनुसार उनको शरीर नजलाई अस्पतालमै राखिने भएको हो । 

किष्टले जोशीको निशुल्क उपचार गर्दै आएको थियो । जोशीकै इच्छाअनुसार उनको शरीर अध्ययनका लागि अस्पतालमा राखिने किष्ट अस्पतालका प्रोफेस डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार जोशीको शरीरमा नगल्ने केमिकल प्रयोग गरेर राखिने छ।  

अन्तिम संस्कार नगरेपनि जोशीको शवलाई श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका कार्यालय परिसरमा राखिने छ । त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उनको शरीर अध्ययनका लागि किष्ट अस्पतालमा राखिनेछ। 
 
२४ दिनदेखि किष्ट अस्पतालमा उपचाररत जोशीको आज बिहान सवा ९ बजे निधन भएको थियो । उनको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीसहित देशका उच्च पदस्थ व्यक्तिहरुले दुख व्यक्त गरेका छन् । 

 


 

प्रकाशित मिति: १०:३६ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्