Kathmandu Press

राष्ट्रिय कीर्तिमानसहित दीपकले जिते १० हजार मिटर दौडमा स्वर्ण

आइतबार बिहान सम्पन्न दौडमा दीपकले निर्धारित दुरी ३० मिनेट १०.३० सेकेण्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेका हुन्।
राष्ट्रिय कीर्तिमानसहित दीपकले जिते १० हजार मिटर दौडमा स्वर्ण

पाेखरा, असार ३० : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको तेस्रो दिन पुरूष १० हजार मिटर दौडमा आर्मीका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन्।

आइतबार बिहान सम्पन्न दौडमा दीपकले निर्धारित दुरी ३० मिनेट १०.३० सेकेण्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेका हुन्।

यसअघि यो विधानमा राष्ट्रिय कीर्तिमान गोपिचन्द्र पार्कीको नाममा थियो । पार्कीले सन् २०१४ को ३० मिनेट ३० सेकेन्ड ९९ मिलिसेकेन्डको कीर्तिमान बनाएका थिए।

३० मिनेट ३८.३२ सेकेण्डमा दुरी पार गरेका पार्कीले रजत जित्दा आर्मीका गजेन्द्र राईले कास्य जिते।

प्रकाशित मिति: ०९:३० बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्