Kathmandu Press

सत्यमोहन जोशीको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

शताब्दी पुरुषकाृे खबरले आफू दुःखी भएको भन्दै उनले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैं सम्झिरहने उल्लेख गरेका छन्।
सत्यमोहन जोशीको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडाैं, असाेज ३० : शतब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले आइतबार सामाजिक सञ्जालमार्फत शताब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त गरेका हुन्।

शताब्दी पुरुषकाृे खबरले आफू दुःखी भएको भन्दै उनले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैं सम्झिरहने उल्लेख गरेका छन्। उनले लखेका छन्, ‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु । उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैं सम्झिरहनेछ।’

प्रधानमन्त्री देउवाले मृतक जोशीको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

संस्कृतिविद् जोशीको आइतबार बिहान ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

छिल्लो पटक उनलाई डेंगीको संक्रमणका सथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति: ०९:१७ बजे, आइतबार, असोज ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्