मनसुन पश्चिमबाट बाहिरियो, पूर्वमा सामान्य प्रभाव
यस वर्षको मनसुन पश्चिमबाट बाहिरिएको छ भने पूर्वी नेपालमा सामान्य प्रभाव रहेको छ।
काठमाडौं, असोज ३० : यस वर्षको मनसुन पश्चिमबाट बाहिरिएको छ भने पूर्वी नेपालमा सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव छ। जसले गर्दा पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, आज राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
विभागका अनुसार शनिबारदेखि मनसुन बाहिरिन थालेको छ। अबको केही दिनमा देशका सम्पूर्ण भूभागबाट मनसुन बाहिरिनेछ।
प्रकाशित मिति: ०६:४८ बजे, आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










