Kathmandu Press

निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन होइन, जनताका लागि आएको हो : नेता सिटौला

निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन होइन, जनताका लागि आएको हो : नेता सिटौला

झापा, असाेज २९ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन कसैलाई सांसद–मन्त्री बनाउन नभई जनताका लागि आएको बताएका छन। झापाको भद्रपुरमा आज आयोजित एक कार्यक्रममा नेता सिटौलाले निर्वाचन जनताको अधिकार र असल जनसेवक छनोटका लागि आएको बताए। निर्वाचन जनतालाई अझ शक्तिशाली बनाउने अवसर भएको उनको भनाइ छ ।

'यो केहीलाई मन्त्री वा सांसद बनाउन आएको निर्वाचन होइन,' झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनले भने, 'मतदानको सदुपयोग गरेर जनताले अब जनताको सेवा गर्ने पार्टी–उम्मेदवार छनोट गर्नुपर्छ।'

उनले लोकतन्त्रको लडाइँ जारी रहेको उल्लेख गर्दै सङ्घीय गणतन्त्र सुदृढ बनाउने अभियानमा आफू लागिपरेको बताए। 'जनजीविकालाई सहज बनाउने अभियान चलाइरहेको छु,' उनले भने, 'स्थानीय र केन्द्रीय आवश्यकताअनुसार मेरो भूमिका हुन्छ।'

जनतालाई खुसी, समृद्धिलगायतका शब्दले नपुग्ने बताउँँदै उgले जनतालाई वास्तविक खुसी र समृद्धि दिनुपर्नेमा जोड दिए। गठबन्धन निर्वाचनका लागि मात्र नभएको चर्चा गर्दै नेता सिटौलाले राष्ट्रिय आवश्यकताका लागि, मुलुक निर्माणका लागि भएको उल्लेख गरे। गत स्थानीय तह निर्वाचन निष्पक्ष र धाँधलीरहित सम्पन्न भए जसरी नै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा निर्वाचन सरकारले सम्पन्न गर्ने उनले विश्वास व्यक्त गरे।

प्रकाशित मिति: २०:५५ बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्