Kathmandu Press

विमल, अनन्तसहितका खेलाडीले एनआरएनएबाट खेल्न नपाउने

नेपाली खेलाडीलाई एनआरएनएबाट खेलाएको भन्दै उजुरी परेपछि राष्ट्रिय खेलकुद परिषद्को टेक्निकल कमिटीले शनिबार यस्तो निर्णय गरेको हो।
विमल, अनन्तसहितका खेलाडीले एनआरएनएबाट खेल्न नपाउने

काठमाडाैं, असाेज २९ : नेपाली राष्ट्रिय टिमका विमल घर्तिमगर, अन्नत तामाङ, विशाल राई, निशान खड्का, पुजन उपकोटीलगायत ८ खेलाडी नवौं राष्ट्रिय खेलकुदमा एनआरएनएबाट खेल्न नपाउने भएका छन्।

नेपाली खेलाडीलाई एनआरएनएबाट खेलाएको भन्दै  उजुरी परेपछि राष्ट्रिय खेलकुद परिषद्को टेक्निकल कमिटीले शनिबार यस्तो निर्णय गरेको हो।

आफ्ना खेलाडी विदेशबाट नआएपछि एनआरएनएले प्रदेश र विभागीय टिममा नरहेका खेलाडीलाई आफ्नो टिमबाट खेलाएको थियो । पहिलो खेलमा एनआरएनएले प्रदेश १ माथि २–०को जित निकालेको थियो।

खेल लगत्तै प्रदेश १ ले उजुरी दिएको थियो । उजुरीपछि सो खेलको नतिजा पनि उल्टिएको छ। सो खेलमा प्रदेश १ विजयी भएको छ।

प्रकाशित मिति: २०:२६ बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्