Kathmandu Press

एमालेसँगकाे पार्टी एकताले राम्राे पाठ सिकायाे : प्रचण्ड

एमालेसँगकाे पार्टी एकताले राम्राे पाठ सिकायाे : प्रचण्ड

गाेरखा, असाेज २९ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँगको पार्टी एकताले आफूलाई राम्रो पाठ सिकाएको बताएका छन्।

शनिबार गोरखामा आयोजित गठबन्धन दलहरुको अगुवा कार्यकर्ता अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रचण्डले एमालेसँगको पार्टी एकताको अनुभव अहिले गठबन्धनमा काम लागेको बताएका हुन।

‘राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन गरियो, विकास र समृद्धि भनेर पार्टी एकता पनि गरियो, तर तीन वर्ष नपुग्दै भताभुङ्ग भयो,’ उनले भने, ‘उल्टै पार्टी भित्रैबाट निरकुंशता, छल, कपट बेइमानी देखियो ।’

त्यसपछि नेपाली कांग्रेस, माओवादी र अन्य लोकतन्त्रवादी वामपन्थी पार्टीको गठबन्धन नै ‘नेचुरल’ र स्वभाविक गठबन्धन हुने भनेर कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा घरमा पटक पटक बैठक बसेको स्मरण उनले गरे।

प्रकाशित मिति: २०:०३ बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्