पुरुष भलिबलमा अपराजित रहँदै पुलिस क्वाटरफाइनलमा
शनिबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेल पुलिसले ३–० को सोझो सेटमा जितेको हो। पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५–८ ले जितेको थियो। तेस्रो सेट २५–२१ ले जित हात पारेर पुलिसले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो।
कास्की, असाेज २९ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै समूह विजेता बन्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ।
शनिबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेल पुलिसले ३–० को सोझो सेटमा जितेको हो। पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५–८ ले जितेको थियो। तेस्रो सेट २५–२१ ले जित हात पारेर पुलिसले अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो।
यस समूहबाट क्वाटरफाईनल पुग्ने अर्को टोलीको टुङ्गो भने आईतबार हुने लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको खेल पछि लाग्ने छ। त्यस्तै पुरुष भलिबलमा विभागिय टोली नेपाल एपीएफले विजयी सुरुआत गरेको छ। एनआरएनए स्पोर्टस एकेडेमीको भलिबल टिमलाई शनिबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेलमा एपीएफले ३–० को सोझो सेटमा पराजित गरेको हो।
पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २५–१५ले जितेको थियो। तेस्रो सेट २५–१३ ले जित हात पारेर एपीएफले सहज जित हात पारेको हो। त्यस्तै शनिबार नै भएको पुरुष भलिबलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ।
प्रदेश नम्बर एकको भलिबल टिमलाई शनिबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेलमा आर्मीले ३–० को सोझो सेटमा पराजित गरेको हो। पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २५–१९ ले जितेको थियो। तेस्रो सेट २५–२३ ले जित हात पारेर आर्मीले सहज जित हात पारेको हो।
सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ। प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्नेछन्। पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ।











