Kathmandu Press

झुटको खेतीको गरेर मत बटुल्ने काम नगर्न राजन भट्टराईकाे सुझाव

भट्टराईले एमालेले गरेका कामलाई अरु दलले आफूले गरेको भनेर प्रचार गररहेको बताएका छन्।
झुटको खेतीको गरेर मत बटुल्ने काम नगर्न राजन भट्टराईकाे सुझाव

काठमाडाैं, असाेज २९ : नेकपा एमालेका स्थायी कमिटी सदस्य राजन भट्टराईले एमालेले गरेका कामलाई अरु दलले आफूले गरेको भनेर प्रचार गररहेको बताएका छन्।

शनिबार काठमाडौंमा काठमाडौं क्षेत्र नम्बर ४ को निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा भट्टराईले झुटको खेतीको गरेर मत बटुल्ने काम नगर्न सुझाव पनि दिए।

काठमाडौंको कमलपोखरी बनाउन रोक्न सक्रिय हुनेहरुले नै एमालेले बनाएको कमलपोखरीलाई देखाएर मत बटुल्ने प्रयास भएको उहाको भनाइ छ। उनले काठमाडौं ४ मा एमालेबाहेक अरु असैले विकास गर्न नसकेको दाबी गरे।

उनले जनसहभागीतालाई बढाएर अपुरा कामलाई पुरा गर्ने बताए। प्रतिनिधिसभा र प्रदेशसभाबाट राष्ट्रिय रुपमा जनतामाझ पुगेर मुलुकको विकास गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: १६:१० बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्