मुलुकलाई निकास दिन वैकल्पिक शक्तिको आवश्यकता : मिश्र
मिश्रले यसअघि आफू करिब ८ सय मतले पराजित भएको भन्दै अब पनि राप्रपालाई मत नदिए विकृत तप्का संसदमा छिर्ने र नागरिकको जीवनयापनमा कुनै परिवर्तन नआउने जिकिर गरे।
काठमडाैं, असाेज २९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यसपटकको निर्वाचनपछि पनि पुरानै दल हाबी भए मुलुक अप्ठेरोमा जाने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा मिश्रले यसअघि कांग्रेस एमाले माओवादी भन्ने दलहरु पटक पटक सरकारमा जादा पनि जनताका लागि कुनै काम गर्न नसकेको भन्दै अव पनि तीनै दलहरु सरकारमा पुगे मुलुक अप्ठेरो अवस्थामा पुग्ने बताएका हुन्।
मुलुकलाई निकास दिन अब वैकल्पिक शक्तिको आवश्यकता रहेको उनको भनाइ छ। मिश्रले यसअघि आफू करिब ८ सय मतले पराजित भएको भन्दै अब पनि राप्रपालाई मत नदिए विकृत तप्का संसदमा छिर्ने र नागरिकको जीवनयापनमा कुनै परिवर्तन नआउने जिकिर गरे।
त्यस्तै मिश्रले दलहरुको राजनीतिक स्वार्थका लागि नै मुलुकमा संघीयता लाद्न खोजिएको भन्दै अव संघीयता खारेज गर्दै स्थानीय तहको सुदृढीकरण गर्नुपर्ने धारणा राखे।
मिश्रले मुलुकलाई अघि बढाउन बिकासका साथै रोजगारीको सिर्जना गर्ने वातावरण निर्माण हुनुपर्ने बताए।
![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)










