Kathmandu Press

‘देशको आवश्यकताअनुसार गठबन्धन कायम रहन्छ’

शनिबार काठमाडौंमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै महतले गठबन्धन अहिले पनि आवश्यकता रहेकाले चूनावपछि पनि निरन्तर अघि बढ्ने पनि बताए।
‘देशको आवश्यकताअनुसार गठबन्धन कायम रहन्छ’

काठमाडाैं, असाेज २९ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले संविधानको रक्षा र प्रतिगमनलाई रोक्न गठबन्धन बनेकाले देशको आवश्यकता अनुसार गठबन्धन कायम रहने बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै महतले गठबन्धन अहिले पनि आवश्यकता रहेकाले चूनावपछि पनि निरन्तर अघि बढ्ने पनि बताए। संविधानलाई संस्थागत रुपमा कार्यान्वयन गर्नका लागि गठबन्धन प्रतिवद्धत रहेको उनको भनाइ छ।

महतले स्वार्थकेन्द्रीत भएर जसपा गठबन्धनबाट बाहिरिएको धारणा राखे। देशको बिकास र स्थायीत्वका लागि गठबन्धनको सरकारले मुलुकलाई आगामी दिनमा अघि बढाउने उहाको भनाइ छ।

त्यस्तै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले देशको आवश्यकता र देशको संविधानको रक्षाका लागि गठबन्धन जम्मिएको भन्दै अहिले पनि देशमा गठबन्धनको आवश्यक रहेको धारणा राखे। कांग्रेस माओवादी नमिले फेरी मुलुकमा प्रगितमन गर्ने खतरा रहेको उनको भनाइ छ।

महराले अहिलको गठबन्धनलाई २० वर्षसम्म पनि सँगै अघि बढाउनुपर्ने धारणा राखे।

प्रकाशित मिति: १५:३१ बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्