Kathmandu Press

पुरुष भलिबलमा एपिएफकाे विजयी सुरुआत

एनआरएनए स्पोर्टस एकेडेमीको भलिबल टिमलाई शनिबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेलमा एपीएफले ३–० को सोझो सेटमा पराजित गरेको हो।
पुरुष भलिबलमा एपिएफकाे विजयी सुरुआत

कास्की, असाेज २९ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा विभागीय टोली नेपाल एपिएफले विजयी सुरुआत गरेको छ।

एनआरएनए स्पोर्टस एकेडेमीको भलिबल टिमलाई शनिबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेलमा एपीएफले ३–० को सोझो सेटमा पराजित गरेको हो।

पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो सेट २५–१५ले जितेको थियो। तेस्रो सेट २५–१३ ले जित हात पारेर एपीएफले सहज जित हात पारेको हो। लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा एपीएफले जितसँगै ३ अंक जोडेको छ।

त्यस्तै शनिबार नै भएको पुरुष भलिबलमा विभागिय टोली त्रिभुबन आर्मी क्लबले विजयी सुरुआत गरेको छ। प्रदेश नम्बर एकको भलिबल टिमलाई शनिबार पोखरा रंगशालास्थित कोर्टमा भएको खेलमा आर्मीले ३–० को सोझो सेटमा पराजित गरेको हो।

पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २५–१९ ले जितेको थियो। तेस्रो सेट २५–२३ ले जित हात पारेर आर्मीले सहज जित हात पारेको हो। प्रतियोगितामा आर्मीले जितसँगै ३ अंक जोडेको छ।

सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ। प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन्। पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ।

प्रकाशित मिति: १५:०३ बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्