Kathmandu Press

चार घन्टामै ताेडिन् सरस्वतीले राष्ट्रिय कीर्तिमान

ओलम्पियनसमेत रहेकी उनले १२.१३ सेकेन्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जितेकी हुन्। उनले हिट चरणमा निशा चौधरीले बनाएको कीर्तिमान तोडेकी हुन्।
चार घन्टामै ताेडिन् सरस्वतीले राष्ट्रिय कीर्तिमान

पोखरा, असोज २९ : नवौं राष्ट्रिय खेलकुदको महिला १०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण हात पारेकी छन्।

ओलम्पियनसमेत रहेकी उनले १२.१३ सेकेन्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण जितेकी हुन्। उनले हिट चरणमा निशा चौधरीले बनाएको कीर्तिमान तोडेकी हुन्।

हिट चरणमा लुम्बिनीकी निशा चौधरीले १२.१५ सकेन्डको कीर्तिमान बनाएकी थिइन्। तर फाइनलमा उनले निर्धारित दूरी पूरा गर्न १२.२२ सेकेन्ड लगाएकीले रजतमै चित्त बुझाइन्। आर्मीकी रमिता थारुले १२.९३ सेकेन्डमा दौड पूरा गरी कास्य पदक जितिन्।

पुरुषतर्फ एपिएफका शिवराजलाई स्वर्ण

यसैगरी पुरुष १०० मिटर दौडमा एपिएफका शिवराज पार्कीले स्वर्ण पदक हात पारेका छन्। उनले १०.५५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दा आर्मीका युवराज विकले १०.५८ सेकेण्डमा दूरी पूरा गरेर रजत पदक जिते। आर्मीकै डिल्ली भण्डारीले १०.७० सेकेन्डको समयमा दौड पूरा गरी कास्य पदक हात पारे।

प्रकाशित मिति: १३:५३ बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्