सत्यमोहन जोशीको स्वास्थ्य स्थिर
१०३ वर्षीय जोशीको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ। अस्पतालले विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हाे। जोशीको स्वास्थ्य स्थिति स्थिर रहेता पनि चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।
काठमाडौं, असोज २९ : वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी २३ दिनदेखि ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत छन्। उनकाे सघन उपचार कक्षमा उपचार भइरहेको छ।
१०३ वर्षीय जोशीको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ। अस्पतालले विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हाे। जोशीको स्वास्थ्य स्थिति स्थिर रहेता पनि चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।
एकै पटकमा धेरै प्रकारका स्वास्थ्य समस्यासँग जुधिरहेका उनमा शुक्रबारयता खासै सुधार नभएको अस्पतालको भनाइ छ। अस्पतालका अनुसार जोशीलाई प्रतिमिनेट ४ लिटर अक्सिजन दिनुपरेको छ।
उनी निमोनिया, पिसाबको संक्रमण र मुटुरोगलगायतबाट पीडित छन्। हालसालै उनमा डेंगु रोग पनि देखिएको थियो। अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा जोशीलाई निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।
किस्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क गर्दै आइरहेको छ।

![युक्त गुरुङको पार्थिव शरीर काठमाडौं ल्याइयो, विमानस्थलमा आफन्त भावुक [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_bab10878-1786020225.jpg)