सटपुटमा आर्मीका तिलक र पुलिसकी चन्द्रकलालाई स्वर्ण
गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सटपुटको पुरुषमा आर्मी तिलकले १२.८५ मिटर फाल्दै स्वर्ण जिते ।
काठमाडाैं, असाेज २९ : सटपुटमा त्रिभुवन आर्मीका तिलक विक र नेपाल पुलिसकी चन्द्रकला लामगादेले स्वर्ण जितेका छन्।
गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सटपुटको पुरुषमा आर्मी तिलकले १२.८५ मिटर फाल्दै स्वर्ण जिते । यही विधामा आर्मीकै चत्रबहादुर वलीले रजत र बागमती प्रदेशका ललित यादवले कास्य जिते ।
यस्तै, महिलातर्फ पुलिसकी चन्द्रकलाले १४.४० मिटर फाल्दै स्वर्ण जिचिन्। लुम्बिनी प्रदेशकी संगिता अधिकारीले रजत जित्दा पुलिसकै बसन्ती चौधरीले कास्यमा चित्त बुझाइन्।
प्रकाशित मिति: १२:२६ बजे, शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











