चोटका बाबजुद १० हजार मिटरमा सन्तोषीले जितिन स्वर्ण
खुट्टामा लागेको चोटका बाबजुद अन्तिम ल्यापमा पुलिसकी राजपुरा पछाई पछि पार्दै सन्ताेषीले स्वर्ण जितेकी हुन्।
काठमाडाैं, असाेज २९ : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत १० हजार मिटर महिला दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन्।
पोखरा रंगशालामा शनिबार भएको खेलमा १३औं सागकी स्वर्ण विजेता सन्तोषीले निर्धारित दुरी ३६ मिनेट १९.३६ सेकेण्डमा पुरा गरेकी थिइन्।
उनले खुट्टामा लागेको चोटका बाबजुद स्वर्ण जितेकी हुन्। सन्तोषीले अन्तिम ल्यापमा पुलिसकी राजपुरा पछाई पछि पार्दै स्वर्ण जितेकी हुन्।
यो विधानमा नेपाल पुलिसकी राजपुरा पछाईले निर्धारित दुरी ३६ मिनेट २२.४५ सेकेण्डमा पुरा गर्दैै रजत जितिन भने एपीएफकी पुष्पा भण्डारीले ३७ मिनेट ४.०९ सेकेण्डमा दुरी पुरा गर्दै कास्य जतिन्।
प्रकाशित मिति: १२:०३ बजे, शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











