Kathmandu Press

गोरखा दरबार पुगेर प्रचण्डले भने– गोरखाको इतिहासले देशको गरिमा उँचो पारेको छ

गोरखा ऐतिहासिक धार्मिक तथा सांस्कृति हिसाबले महत्वपूर्ण जिल्ला भएको भन्दै प्रचण्डले गोरखाको इतिहासले देशको गरिमालाई उँचो पारेको उल्लेख गरे।
गोरखा दरबार पुगेर प्रचण्डले भने– गोरखाको इतिहासले देशको गरिमा उँचो पारेको छ

गोरखा, असोज २९ : नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ऐतिहासिक गोरखा दरबार पुगेका छन्।

सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका उनी शनिबार बिहान दरबार अवलोकनका लागि त्यहाँ पुगेका हुन्।

अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार प्रचार–प्रसारमा जोड दिनुपर्ने बताए। उनले पर्यटन क्षेत्रको विकासमार्फत जिल्लाको आर्थिक समृद्धिको पर्याप्त सम्भावना रहेको उल्लेख गरे।

गोरखा ऐतिहासिक धार्मिक तथा सांस्कृति हिसाबले महत्वपूर्ण जिल्ला भएको भन्दै प्रचण्डले गोरखाको इतिहासले देशको गरिमालाई उँचो पारेको उल्लेख गरे।

311979025_640424240781309_5997814622632296334_n1665811899.jpg

दरबार अवलोकनका क्रममा गोरखा दरबार संग्राहलयका प्रमुख नवराज अधिकारीले अध्यक्ष प्रचण्डलाई गोरखा दरबारको ऐतिहासिक महत्वलगायत विषयमा जानकारी गराएका थिए।

दरबार अवलोकनका लागि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, सचिव हितराज पाण्डेलगायतका नेता गोरखा दरबार पुगेका थिए।

प्रकाशित मिति: ११:१३ बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्