Kathmandu Press

कान्टेले विश्वकप गुमाउने

अभ्यासका क्रममा ह्यामिस्ट्रिक बल्झिएपछि चेल्सी तथा फ्रान्सका मिडफिल्डर कान्टेले विश्वकप गुमाउने भएका हुन्।
कान्टेले विश्वकप गुमाउने

काठमाडाैं, असाेज २९ : स्टार मिडफिल्डर एन्गोलो कान्टेले कतारमा हुने फिफा विश्वकप गुमाउने भएका छन्।

अभ्यासका क्रममा ह्यामिस्ट्रिक बल्झिएपछि चेल्सी तथा फ्रान्सका मिडफिल्डर कान्टेले विश्वकप गुमाउने भएका हुन्।

गम्भीर ह्यामिस्ट्रिङ भएपछि ३१ वर्षीय कान्टे ३ महिना मैदान बाहिर रहेन भएका छन्। चिकित्सकहरुले विश्वकपअघि उनी ठीक हुने कुनै सम्भावना नरहेको बताएका छन्।

पछिल्लो समय कान्टेलाई चोटले सताइरहेको छ। उनी गत अगस्टमा टोटनहमविरुद्धको खेलका क्रममा उनी घाइते भएका थिए। सन् २०१९मा विश्वकप उपाधि दिलाउन मुख्य भूमिका खेलेका कान्टेको अनुपस्थितिले फ्रान्सको उपाधि रक्षा यात्रामा ठूलो धक्का लागेको छ।

चोटकै कारण विश्वकप गुमाउने उनी तेस्रो फ्रेन्च स्टार हुन् । यसअघि मिडफिल्डर पाउल पोग्बा र डिफेन्डर वेल्सी फोफानलो पनि चोटकै कारण विश्वकप गुमाइसकेका छन्।

प्रकाशित मिति: ११:०३ बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्