लुभुमा मोटसाइकल दुर्घटना, एकजनाको मृत्यु
बा ९३ प ८९० नम्बरको पल्सर मोटरसाइकल आफैं अनियन्त्रित भई घरको पर्खालमा ठक्कर खाँदा खत्री गम्भीर घाइते भएका थिए। घाइत भएका उनको इमाडोलस्थित किष्ट अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको हाे।
काठमाडौं, असोज २९ : ललितपुरको लुभुमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु चौतारामा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा सर्लाही घर भई लुभु बस्दै आएका २६ वर्षीय मोहनबाबु खत्री मृत्यु भएको प्रहरीले जनाएको छ।
बा ९३ प ८९० नम्बरको पल्सर मोटरसाइकल आफैं अनियन्त्रित भई घरको पर्खालमा ठक्कर खाँदा खत्री गम्भीर घाइते भएका थिए। घाइत भएका उनको इमाडोलस्थित किष्ट अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको थियो।
अहिले उनको शव पोष्टमार्टमको लागि पाटन अस्पताल लगिएको छ।
प्रकाशित मिति: १०:५० बजे, शनिबार, असोज २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










