Kathmandu Press

१७ वर्षिया निशाले ताेडिन २३ वर्ष पुरानाे राष्ट्रिय कीर्तिमान

हिटमै कीर्तिमान बनाएकी निशाले २३ वर्ष पुरानो कीर्तिमान तोडिन् । उनले निर्धारित दुरी १२.१५ पुरा गरिन्।
१७ वर्षिया निशाले ताेडिन २३ वर्ष पुरानाे राष्ट्रिय कीर्तिमान

कास्की, असाेज २९ : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको दोस्रो दिन एथ्लेटिक्समा नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ।

महिलाको सय मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

हिटमै कीर्तिमान बनाएकी निशाले २३ वर्ष पुरानो कीर्तिमान तोडिन् । उनले निर्धारित दुरी १२.१५ पुरा गरिन्।

यसअघि सय मिटर दौडको कीर्तिमान देवीमाया पनेरुको नाममा थियो । उनले सन् १९९को आठौं सागमा १९.१९ सेकेन्डको कीर्तिमान बनाएकी थिइन्।

१७ वर्षीय निशाले यसअघि पनि तीन कीर्तिमान बनाएकी थिइन्। उनले गत असारमा भएको राष्ट्रियपति रनिङ शिल्डमा कीर्तिमान बनाएकी थिइन्। त्यतिबेला उनी कुनै प्रशिक्षण विना नै प्रतियोगितामा सहभागी बनेकी थिइन्।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्समा आज कूल ७ स्वर्णको छिनोफानो हुँदैछ।

प्रकाशित मिति: १०:२० बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्