Kathmandu Press

पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

केही दिनदेखिको वर्षाका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ, असोज २९ : केही दिनदेखिको वर्षाका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

शनिबार बिहानैदेखि जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका–१ बालुवाटार नजिकै पहिरो खसेको छ। पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए।

सडक अवरुद्ध हुँदा सदरमुकाम चैनपुरबाट छुटेका र चैनपुर आउने सवारी साधन र यात्रु बाटोमै रोकिएका छन्।

पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास भइरहेको भण्डारीले बताए। उनका अनुसार पहिरो पन्छाउन सडक डिभिजन कार्यालय बैतडीको डोजर परिचालन गरिएको छ।

प्रकाशित मिति: ०७:४८ बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्