Kathmandu Press

कमजोर बन्यो मनसुनी वायु, देशभर मौसम सफा

आगामी केही दिन देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
कमजोर बन्यो मनसुनी वायु, देशभर मौसम सफा

काठमाडौं, असोज २९ : आगामी केही दिन देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार लामो समयपछि नेपालमा मनसुनी वायुको प्रभाव कमजोर बनेको छ। जसले गर्दा हाल कर्णाली प्रदेश लगायत पहाडी भूभागमा आंशिक बदली रहे पनि देशभरको मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहनेछ। त्यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना पनि छ।

राति भने देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा मौसम सफा रहने विभागले जनाएको छ।

आइतबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, सोमबार पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा मात्रै आंशिक बदलीको सम्भावना छ। देशका बाँकी भूभागमा भने मौसम सफा रहनेछ।

 

प्रकाशित मिति: ०६:२७ बजे, शनिबार, असोज २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्