Kathmandu Press

एक महिनाकाे तलब ठेला खाेसिएकी महिलालाई सहयाेग गर्ने मेयर सम्पाङकाे घाेषणा

एक महिनाकाे तलब ठेला खाेसिएकी महिलालाई सहयाेग गर्ने मेयर सम्पाङकाे घाेषणा

काठमाडाैं, असाेज २८ : धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले ठेला खाेसिएकी महिलालाई सहयाेग गर्ने घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै मेयर सम्पाङले एक महिनाकाे तलब उक्त मिहलालाई दिने घाेषणा गरेका हुन।

काठमाडौं महानगरपालिकाले थापाथलीमा ठेलागाडामा सामान बेच्दै आएकी शर्मिला तामाङकाे ठेला बिहीबार नियन्त्रणमा लिएकाे थियाे। नगरप्रहरीले उनकाे ठेला नियन्त्रणामा लिँदै गर्दाका केही तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन।

त्यसपछि शुक्रबार हर्कले फेसबुकमा स्ट्याटस राख्दै शर्मिलालाई एक महिनाको तलब पठाइदिने घोषणा गरेका हुन्।  

‘यी बहिनी को हुन्? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!’

महानगरपालिकाले सुन्दर महानगरपालिका निर्माणकाे लागि अव्यवस्थित रूपमा सञ्चालित ठेला लगायतका अवैध संरचना केहीसमय अघिदेखि नै हटाउँदै आएकाे छ।

प्रकाशित मिति: २०:१४ बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्