Kathmandu Press

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ : अस्पताल 

किष्ट अस्पतालले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक रहेको बताएको छ ।
सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ : अस्पताल 

काठमाडौं, असोज २८ : किष्ट अस्पतालले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक रहेको बताएको छ । शुक्रबार अपराह्न ४ बजे विज्ञप्ति प्रकाशित गर्दै अस्पतालले जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकाले अवस्था चिन्ताजनक रहेको जानकारी दिएको हो । 

जोशीलाई विगत लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट गुज्रिरहेका थिए। उनमा कमजोरी देखिएका कारण असोज ७ गते इमर्जेन्सीमा ल्याई भर्ना गरी उपचार सुरू गरिएको थियो। रगत परीक्षण गरेर हेर्दा उनका डेंगु संक्रमण देखिएको थियो । 

उपचारको क्रममा असोज २३ गते जोशीको छातीमा निमोनियाको मसंक्रमण साथै मुटुको चाल सम्बन्धी  समस्या देखिएपछि अस्पतालले आइसियूमा राखेर उनको उपचार गर्दै आइरहेको छ। 

‘उहाँलाई पहिल्यैदेखि  पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधी चलाएतापनि शरीरले राम्रो रेसपोन्स नगरेको र आजदेखि  एल्बुमिन रिप्लेसमेन्ट गर्नका लागि औषधी चलाइएकोछ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: १७:५० बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्