Kathmandu Press

सञ्चारमन्त्री कार्कीद्वारा कानुनमन्त्रीकाे पदभार ग्रहण

सिंहदरबारस्थित कानुन मन्त्रालयमा पुगेर आज (शुक्रबार) कार्कीले पदभार ग्रहण गरेका हुन्।
सञ्चारमन्त्री कार्कीद्वारा कानुनमन्त्रीकाे पदभार ग्रहण

काठमाडौं, असोज २८ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका छन्। 

सिंहदरबारस्थित कानुन मन्त्रालयमा पुगेर आज (शुक्रबार) कार्कीले पदभार ग्रहण गरेका हुन्। मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला संवैधानिक प्रावधानअनुसार ६ महिनामा निलम्बन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री कार्कीलाई बिहीबार कानुनमन्त्रीको जिम्मेवारी दिएका थिए।

गैरसांसद्को रूपमा मन्त्री बन्नेले ६ महिनाभन्दा बढी पदमा रहन नपाउने कानुनी प्रावधान छ। शुक्रबार मन्त्री कार्कीलाई कानुन मन्त्रालयमा कानुन सचिव उदयराज सापकोटालगायत उच्च पदस्थ अधिकारीले स्वागत गरे। 

प्रकाशित मिति: १६:०१ बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्