Kathmandu Press

एमाले रौतहट जिल्ला कमिटी विघटन, प्रभु साह निष्कासित 

शुक्रबार एमाले मधेश प्रदेश कमिटीले जिल्ला उपाध्यक्ष दीपक राय यादवलाई पत्र पठाउँदै त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी विघटन गरिएको जानकारी गराएको हो। 
एमाले रौतहट जिल्ला कमिटी विघटन, प्रभु साह निष्कासित 

काठमाडौं, असोज २८ : नेकपा एमालेले रौतहट जिल्ला कमिटी विघटन गरेको छ ।  

शुक्रबार एमाले मधेश प्रदेश कमिटीले जिल्ला उपाध्यक्ष दीपक राय यादवलाई पत्र पठाउँदै त्रिभुवन साह अध्यक्ष रहेको जिल्ला कमिटी विघटन गरिएको जानकारी गराएको हो। 

‘नेकपा एमाले रौतहट जिल्ला कमिटीका अध्यक्ष क. त्रिभुवन साह लगायत केही व्यक्तिहरु पार्टी विरोधी गतिविधिमा संलग्न रहेको हुनलो अध्यक्ष त्रिभुवन साह रहेको जिल्ला कमिटी विघटन गरिएको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ।  

एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साहमाथि पनि कारवाही गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै रौतहट जिल्ला इन्चार्ज साहसहित सहइन्चार्ज कुन्दनप्रसाद कुशवानलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको  जानकारी दिएका छन् । एमालेले सह इन्चार्ज उद्धव रेग्मीलाई रौतहटको इन्चार्जको जिम्मेवारी दिएको छ ।


 
साहले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीनिकट केही एमाले नेताले समेत मधेसका केही क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।साहलाई सत्ता गठबन्धनले समर्थन गर्नेसमेत निर्णय गरिसकेको छ ।

सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा रौतहट ३ माओवादीको भागमा परेको थियो । साहले स्वतन्त्र उम्मेदवारी दिएपछि माओवादी केन्द्रका उम्मेदवार धीरज पटेलको उम्मेदवारी निष्क्रिय पारिने भएको हो ।

 

प्रकाशित मिति: १५:५४ बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्