देशविकासकाे भिजन भएकालाई अवसर दिनुपर्छ : भट्टराई
कार्यक्रममा उद्योगपति विनोद चौधरीले देश विकासका लागि नेताहरु पटक पटक चुकेका कारण देशमा रोजगारीको सिर्जना हुन नसकेको र लाखौं युवाहरु बिदेसिन बाध्य भएको बताए।
काठमाडाैं, असाेज २७ : पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देश विकासकाे भिजन भएकालाई अवसर दिनुपर्ने बताएका छन्।
नेपाल चार्टर्ड अकाउन्टेन्ट्ड संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘दिगो आर्थिक विकास’ राष्ट्रिय सम्मेलनमा भट्टराईले ठूला र लोकतान्त्रीक भन्ने पार्टीहरुले नै देश विकास गर्ने भिजन भएकाहरुलाई पाखा लगाउनु उचित नभएको बताए।
नेपालको सबै कुरा बुझ्ने विद्वान स्वर्णिम वाग्ले जस्तो मान्छेलाई आफूलाई सबैभन्दा ठूलो लोकतन्त्र भन्ने पार्टीले चुनाव लड्ने टिकट नदिएको उहाको भनाइ छ। उनले समयको व्यवस्थापन नभएसम्म देशको समृद्धि नहुने र मुलुकमा उत्पादन नबढाएसम्म दिगो विकास पनि हुन नसक्ने धारणा राखे।
उनले आफुले तीन पटक अत्याधिक मतले चूनाव जितको र अब निबृत्त भएको बताए। दोहोरो कर्म गर्ने, उपदेश दिने र अन्त्यमा देश छाडेर जाने प्रवृतिले देश नवन्ने उनको भनाइ छ।
कार्यक्रममा उद्योगपति विनोद चौधरीले देश विकासका लागि नेताहरु पटक पटक चुकेका कारण देशमा रोजगारीको सिर्जना हुन नसकेको र लाखौं युवाहरु बिदेसिन बाध्य भएको बताए। आफू गठबन्धनको तर्फबाट आगामी चुनावमा प्रतिस्पर्धामा उत्रिएको भन्दै चौधरीले आर्थिक विकासको प्रमुख एजेण्डामा आफ्नो ध्यान केन्द्रित हुने धारणा राखे।
त्यस्तै चार्टर्ड एकाउन्टेन्ट्स संघका अध्यक्ष दीपक पाण्डेले मुलुकमा बाह्य लगानी पर्याप्त भित्रन नसकेकै कारण अर्थतन्त्रले विकासमा समस्या भएको बताए। उनले मुलुकको आर्थिक विकासलाई अघि बढाउन आन्तरिक उत्पादन बढाउनुपर्नेमा समेत जोड दिए।











