Kathmandu Press

बाढीपहिरोले १७ जना अझै बेपत्ता, थप दुई जनाको शव भेटियो

आइतबार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका–७ वालीका ध्रुवराज विष्ट र उनकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको जनाएको छ। 
बाढीपहिरोले १७ जना अझै बेपत्ता, थप दुई जनाको शव भेटियो

कालीकोट, असाेज २७ : कालीकोटमा बाढीपहिरोमा परेर १७ जना अझै बेपत्ता रहेका छन्। कालीकोटमा पहिरोमा परेर २३ जना बेपत्तामध्ये छ जनाको शव भेटिएको छ। 

पहिरोमा पुरिएका थप दुई जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आइतबार पहिरोमा पुरिएका तिलागुफा नगरपालिका–७ वालीका ध्रुवराज विष्ट र उनकी छोरीको शव प्रहरीले बिहीबार पहिरोबाट निकालेको जनाएको छ। 

विष्टको परिवारका पाँचजना पहिरामा पुरिएर बेपत्ता भएको तीमध्ये बिहीबार प्रहरीले ध्रुवराज विष्ट र उनकी छोरी ज्यानी विष्टको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक शुभराज बमले बताए।

'विष्ट परिवारका चार जनाको शव भेटिएको छ,' उनले भने, 'पहिरोमा परेर बेपत्ता भएका २३ जनामध्ये अहिलेसम्म छ जनाको मात्र शव भेटिएको छ।' तिलागुफा नगरपालिका–४ राँचुली गाउँका मलामी गएका १३ जना अझै हराइरहेको सूचना अधिकारी बमले जानकारी दिए।

प्रकाशित मिति: १४:३७ बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्