Kathmandu Press

फेन्सिङमा आर्मी बन्याे पाँच स्वर्णसहित टिम च्याम्पियन

शुक्रबार पोखरा रंगशालामा पुरुष ईपी टिम इभेन्टमा एपीएफलाई पराजित गर्दै आर्मीले स्वर्ण जितेसँगै फेन्सिङमा च्याम्पियन बनेको हो।
फेन्सिङमा आर्मी बन्याे पाँच स्वर्णसहित टिम च्याम्पियन

कास्की, असाेज २७ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङमा आर्मी पाँच स्वर्णसहित टिम च्याम्पियन बनेको छ।

शुक्रबार पोखरा रंगशालामा पुरुष ईपी टिम इभेन्टमा एपीएफलाई पराजित गर्दै आर्मीले स्वर्ण जितेसँगै फेन्सिङमा च्याम्पियन बनेको हो।

इपी फाइनलको विभागीय प्रतिस्पर्धामा आर्मीले सशस्त्रलाई ४५–२८ स्कोरमा पराजित गर्‍यो । वाग्मती र गण्डकीले कांस्य पदकमा चित्त बुझाएका छन्। फेन्सिङतर्फ ६ खेल व्यक्तिगत र ६ खेल टिम इभेन्टका भएका थिए।

आर्मीले ५ स्वर्ण, ५ रजत र ७ कास्यसहित १७ पदक प्राप्त गरेको छ। बागमतिले ४ स्वर्ण, ३ रजत १ कास्यसहित ८ पदक प्राप्त गरेर दोस्रो स्थानमा रहेको छ।

शसस्त्र प्रहरी २ स्वर्ण, ४ रजत र ७ कास्यसहित १३ पदका साथ तेस्रो स्थानमा छ। सुदूरपश्चिम प्रदेश १ स्वर्ण २ कास्यसहित ३ पदक जितेको छ।

त्यसैगरी गण्डकी प्रदेशले ४ कास्य पदक जित्दै पाँचौ स्थानमा छ भने प्रदेश १ ले ३ तीन कास्य पदक प्राप्त गरेको छ।  

प्रकाशित मिति: १३:५८ बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्