नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा पुलिस अपराजित रहँदै सेमिफाइनलमा
पोखरामा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको हो। पुलिसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले १२ ओभर ५ बलमा अलआउट हुँदै १५ रन मात्र जोड्न सक्यो।
कास्की, असाेज २७ : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब अपराजित रहँदै सेमिफाईनलमा प्रवेश गरेको छ।
पोखरामा शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई ९७ रनले पराजित गरेको हो। पुलिसले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले १२ ओभर ५ बलमा अलआउट हुँदै १५ रन मात्र जोड्न सक्यो।
लुम्बिनी प्रदेशका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका लागि कप्तान सरस्वती जिएमले बनाएको ६ रन नै सर्वाधिक ठुलो व्यक्तिगत स्कोर रह्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन जोडेको थियो। पुलिसका लागि कविता जोशीले ४८ तथा सम्झना खड्काले २९ रन बनाइन्।
जितसँगै पुलिस ६ अंक जोड्दै समूह ’बी’ को शीर्ष स्थानमा रहेर सेमिफाईनल पुगेको छ। महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।