Kathmandu Press

नवौं राष्ट्रिय खेलकुद : आजबाट टेनिस खेल सुरु

शुक्रबार राष्ट्रिय  खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ एक कार्यक्रमबीच टेनिस खेलको शुभारम्भ गरेका हुन्।
नवौं राष्ट्रिय खेलकुद : आजबाट टेनिस खेल सुरु

कास्की, असाेज २७ : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत शुक्रबारबाट टेनिस खेल सुरु भएको छ।

शुक्रबार राष्ट्रिय  खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ एक कार्यक्रमबीच टेनिस खेलको शुभारम्भ गरेका हुन्।

टेनिसमा आयोजक गण्डकी प्रदेश सहित तीन विभागीय, मधेश, लुम्बिनी, बागमती, सुदूरपश्चिम र एनआरएनए गरी नौ टोलीले भाग लिएका छन्।

टेनिसमा महिला तथा पुरुष टिम इभेन्ट , महिला डबल्स, पुरुष डबल्स, मिक्स, महिला व्यक्तिगत र पुरुष व्यक्तिगत गरी सात विधामा प्रतिस्पर्धा हुनेछ भने प्रतियोगितामा सात स्वर्ण, सात रजत र १४ कास्यका लागि ८० जना खेलाडीकाबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: १३:४९ बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्