Kathmandu Press

राजनीतिक स्थिरता र सुशासन मुख्य लक्ष्य : वरिष्ठ नेता पौडेल

तनहुँको व्यास नगरपालिका–१३ मा मतदातासँगको भेटघाटका क्रममा तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उनले  राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरुको रहेको बताएका हुन्। 
राजनीतिक स्थिरता र सुशासन मुख्य लक्ष्य : वरिष्ठ नेता पौडेल

दमौली, असाेज २८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताएका छन्। 

आज तनहुँको व्यास नगरपालिका–१३ मा मतदातासँगको भेटघाटका क्रममा तनहुँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उनले  राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरुको रहेको बताएका हुन्। 

गाउँमै रोजगारी र गाउँमै आम्दानी सिर्जना हुने वातावरण बनाइने जानकारी गराउँदै आफूले सोही लक्ष्य लिएर राजनीति सुरु गरेको नेता पौडेलले उल्लेख गरे।

'गाउँमा सुविधा र रोजगारीको अवसर नभएपछि मानिस सहर झरेका छन्, अहिले गाउँमा सबै सुविधा पुगिसकेको छ, अब आम्दानी र रोजगारीको अवसर पनि पुग्छ,' उनले भने। 

तनहुँले विकासमा काँचुली फेर्ने जिकिर गर्दै वरिष्ठ नेता पौडेलले  शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि यो समयमा मात्र तनहुँमा रु. २ अर्बभन्दा बढी बजेट आएको र यसले निरन्तरता पनि पाउने उल्लेख गरे। सडक, पुल, खानेपानीको विकासले तीव्रता पाएको र कृषि तथा पर्यटनमा पनि क्रान्ति हुँदै गएको उनले उल्लेख गरे। 

वरिष्ठ नेता पौडेलले आजै व्यास–१३ बेनीकोट, पोखरीभञ्ज्याङ, गुदी, व्यास–१४ केशवटार, रुम्सी, ठिन, नयाँगाउँमा मतदातासँग भेटघाट गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: १२:४३ बजे, शुक्रबार, असोज २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्