Kathmandu Press

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्न लागेको छ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, असोज २८ : नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्न लागेको छ।

आज दिउँसो कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा कार्यसम्पादन समितिको बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार, आजको बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी रणनीतिबारे छलफल हुनेछ।

त्यस्तै, यससँगै कांग्रेसका बागी उम्मेदवारका विषयमा पनि छलफल हुनेछ। उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय छलफलको अजेन्डा रहेको मुख्यसचिव पौडेलले बताए।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदै छ। यसका लागि कांग्रेससहित सत्तारुढ गठबन्धनले तालमेल गरेको छ।

त्यस्तै, प्रमुख प्रतिपक्ष नेकपा (एमाले) सहित जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालले पनि तालमेल गरेका छन्।

 

प्रकाशित मिति: ०७:४२ बजे, शुक्रबार, असोज २८, २०७९